Wednesday, October 6, 2010

दशैको सम्झना

h
दशै भन्नासाथ बिगत का रमाइला दिन हरु याद आउछ ! घर लाइ लिप पोत गरेर नया बेहुली झैँ सिंगारेको, आफु संग नभए ऋण खोजेर भए पनि बाबालाइ नया नया कपडाहरु किनी दिन अनुरोध गरेको, अरुको घरमा खसी किनेर लेराएको देखेर, बाबालाइ आफ्नो घरमा त्यो भन्दा पनि ठुलो खसी किन्नलाइ झकझकाई रहेको, अनि खसी काटे पछी त्यस्को कान खानलाइ दाजु भाइ झगडा गरिरहेको हिजो जस्तो लाग्छ !
e 
मासु र भात पेट भरि खाइ, नया कपडा लगाई, साथी हरु संग पिङ खेल्न गएको, आफ्नो पालो कहिले आउछ भनेर लाइनमा पालो कुरेर बसेको, अरुले पिङ खेलेको हेरेर अनि आफुलाइ न आए पनि खेले झै गर्दा दिन गएको पत्तै नभएको, अनि साझ पख खुशी हुदै घर फर्किएको हिजो जस्तो लाग्छ !
w
आज सबै घर परिवार को सारै याद आयो, घर छोडेको अनि दशै न मनाएको पनि तिन वर्ष भैसकेछ ! बाबा आमाले यो मेरो निधारमा रातो अक्षेताले भरिदिनु भएको अनि ठुलो मान्छे बनोस, राम्रो काम गरोस भने र आशिष दिनु भएको हिजो जस्तो लाग्छ !
f 
समय परिबर्तन हुन धेरै बेर लाग्दो रहेनछ, ति रमाइला दिनहरु न चाहेर पनि हामीले बिर्सनु पर्दो रहेछ ! आफन्त को माया सम्झेर बस्नु पर्ने हुदो रहेछ ! बाबाको हातले लगाई दिनु भएको टिका अनि आमाको आशिर्बाद सम्झिदा आज पनि आखाबाट आसु आउछ अनि एउटा कुनामा बसी बिगतलाइ सम्झी रुन मात्र मन लाग्छ ..........
b

Saturday, September 18, 2010

नेपालको नक्सा

map napal

शान्ति देश भनेर चिनिने नेपाल, जुन हिमाल पहाड तराइ मिलेर बनेको छ ! बिश्वको सर्बोच्च शिखर सगरमाथा भयको देशमा शान्ति का प्रतिक गौतम बुद्ध जन्मिएका थिए ! मठ मन्दिर पाटि पौवा बन जंगल हरियाली ले भरियको छ हाम्रो देश ! २०६५ साल को जनगडणा अनुसार २८८०९५२६ जनता हरुले बसोबास गर्दै आइरहेका छन् ! र हाम्रो देश १४७१८१ बर्ग किलो मिटर मा फैलियको छ जहाँ १४३३५१ बर्ग किलो मिटर जमिन र ३८३० बर्ग किलो मिटर पानि ले भरिएको छ

Friday, September 17, 2010

श्री गणेशाय नमो नम्:

pnepaliparichay

मेरो ब्लगको पहिलो पोस्ट : टेस्टको लागि गणेश भगवानको फोटो पोस्ट गरेको छु !

धन्यबाद !