Wednesday, October 6, 2010

दशैको सम्झना

h
दशै भन्नासाथ बिगत का रमाइला दिन हरु याद आउछ ! घर लाइ लिप पोत गरेर नया बेहुली झैँ सिंगारेको, आफु संग नभए ऋण खोजेर भए पनि बाबालाइ नया नया कपडाहरु किनी दिन अनुरोध गरेको, अरुको घरमा खसी किनेर लेराएको देखेर, बाबालाइ आफ्नो घरमा त्यो भन्दा पनि ठुलो खसी किन्नलाइ झकझकाई रहेको, अनि खसी काटे पछी त्यस्को कान खानलाइ दाजु भाइ झगडा गरिरहेको हिजो जस्तो लाग्छ !
e 
मासु र भात पेट भरि खाइ, नया कपडा लगाई, साथी हरु संग पिङ खेल्न गएको, आफ्नो पालो कहिले आउछ भनेर लाइनमा पालो कुरेर बसेको, अरुले पिङ खेलेको हेरेर अनि आफुलाइ न आए पनि खेले झै गर्दा दिन गएको पत्तै नभएको, अनि साझ पख खुशी हुदै घर फर्किएको हिजो जस्तो लाग्छ !
w
आज सबै घर परिवार को सारै याद आयो, घर छोडेको अनि दशै न मनाएको पनि तिन वर्ष भैसकेछ ! बाबा आमाले यो मेरो निधारमा रातो अक्षेताले भरिदिनु भएको अनि ठुलो मान्छे बनोस, राम्रो काम गरोस भने र आशिष दिनु भएको हिजो जस्तो लाग्छ !
f 
समय परिबर्तन हुन धेरै बेर लाग्दो रहेनछ, ति रमाइला दिनहरु न चाहेर पनि हामीले बिर्सनु पर्दो रहेछ ! आफन्त को माया सम्झेर बस्नु पर्ने हुदो रहेछ ! बाबाको हातले लगाई दिनु भएको टिका अनि आमाको आशिर्बाद सम्झिदा आज पनि आखाबाट आसु आउछ अनि एउटा कुनामा बसी बिगतलाइ सम्झी रुन मात्र मन लाग्छ ..........
b

No comments:

Post a Comment